Comments Add Comment

प्रधानमन्त्री कृषि परियोजनामा ब्लक छनौट

२१ वैशाख, बैतडी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालय बैतडीले व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) छनौट गरेको छ ।

तरकारी र मकै तथा मकैको बीउ उत्पादनका लागि दुई ब्लक र १५ वटा पकेट छनौट गरिएको जिल्ला कृषि विकास कार्यालय बैतडीका जेटिए महेश अवस्थीले जानकारी दिए । कृषि समूहले दिएको आवदेनका आधारमा व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)को छनौट गरिएको उहाँले बताए । मकै तथा मकैको बीउ उत्पादनका लागि साबिकका मेलौली, महारुद्र, शिवनाथ, विशालपुर गाविसलाई छनौट गरिएको छ ।

यस्तै, तरकारीका लागि पाटन नगरपालिकाको सिद्धपुर र सिद्धेश्वरलाई छनौट गरिएको उहाँले बताए । साना व्यावसाियक कृषि उत्पादन केन्द्र (पकेट)का लागि साबिकका शिखरपुर, मठैराज, दुर्गास्थान, रुद्रेश्वर, देहीमाडौँ, डिलासैनी, सलेना, गोकुलेश्वर, सिलङ्गा, गुरुखोला र भौनेली गाविस छनौट भएका जिल्ला कृषि विकास कार्यालय बैतडीका योजना अधिकृत कर्णबहादुर चन्दले जानकारी दिए ।

व्यावसायिक कृषि उत्पादन केन्द्रका लागि दुईसय हेक्टर जमिन र साना व्यावसायिक कृषि उत्पादन केन्द्रका लागि १० हेक्टर जमिन आवश्यक पर्दछ । उहाँले भन्नुभयो, “यसरी ब्लक र पकेटका लागि छनौट भएका ठाउँमा जिल्ला कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment