Comments Add Comment

सफ्ट पोर्न फिल्मकी नायिका अब कपिलको को-स्टार

सुनिल ग्रोबरसँगको ठाकठुकपछि सुनसान जस्तै बनेको ‘द कपिल शर्मा शो’को रंगमञ्चमा अब गजबको पात्रले प्रवेश गर्दैछिन् । तिनको नाम हो, मोनिका कैस्टेलिनो । यी ग्ल्यामर युवती ‘हर मर्द का दर्द’, ‘कामसुन्दरी’, ‘मेन नट अलाउड’ जस्टा सफ्ट पोर्न फिल्मकी अभिनेत्री हुन् ।

भनिरहनु परेन, यो फेमेली शो हो । यसको मञ्चबाट सुनील ग्रोबर, अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले बिदा लिइसकेका छन् । त्यसपछि लगातार ओह्रालो लागेको शोको लोकपि्रयतालाई उकास्न कपिलले बोल्ड आइडिया निकालेका छन् ।

त्यही अनुसार नयाँ पात्र निम्त्याएका हुन् । अब एडल्ट फिल्मकी अभिनेत्रीले फिल्मको घट्दो लोकप्रियतालाई कसरी उकास्ने छिन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment