Comments Add Comment

स्मार्टफोन एप चलाएरै बित्यो वर्षमा १० खर्ब घण्टा

एक दिनमा कतिवटा एप चलाउँछन् मानिसहरु ?

शोधकर्ताहरुका अनुसार विश्वका स्मार्टफोन प्रयोगकर्ताहरुले एक वर्षमा १० खर्ब घण्टा स्मार्टफोनमा विभिन्न एपहरु चलाएर बिताउने गरेका छन् ।

बिजनेस इन्टेलिजेन्स र्फम एप एन्नीको रिपोर्ट अनुसार गत वर्ष सन् २०१६ मा विश्वका स्मार्टफोन प्रयोगकर्ताहरु १० खर्ब घण्टा स्मार्टफोन एपमा बिताए र एपमा समय कटाउने ट्रेण्ड बढिरहेको छ ।

अध्ययन अनुसार सन् २०१७ को पहिलो त्रैमासिकमा यो दरमा २५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

शोधकर्ताहरुका अनुसार एकजना स्मार्टफोन प्रयोगकर्ताले औषतमा एक महिनामा ३० वटाभन्दा धेरै एपहरु आफ्नो स्मार्टफोनमा प्रयोग गर्ने गरेको पाइएको छ । त्यस्तै दैनिक कम्तिमा १० वटा एप स्मार्टफोन प्रयोगकर्ताले चलाउने गरेका छन् ।

एप एन्नीले हालै स्पटलाइट अन कन्जुमर एप युजेज शीर्षकको रिपोर्ट सार्वज्निक गरेको छ । जसमा उसले विश्वका विभिन्न १० वटा देशका स्मार्टफोन प्रयोगकर्ताको विश्लेषण गरेको छ । जसमा भारत, ब्राजिल, चीन, दक्षिण कोरिया, जर्मनी, अमेरिका, फ्रान्स, बेलायत, जापान र मेक्सिको सामेल छन् ।

एप एन्नीको रिपोर्टभा भनिएको छः एपमा बिताउने समयमा भएको यो बढोत्तरीको एउटा प्रमुख कारण विश्वमा स्मार्टफोन प्रयोगकर्तामा भएको तिब्र वृद्धि पनि हो ।
शोधकर्ताहरुका अनुसार स्मार्टफोन प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोनमा भएकामध्ये एक तिहाइ देखि आधाजसो सम्म एपहरु महिनाभरमा कम्तिमा एक पटक प्रयोग गर्ने गरेका छन् ।

शोधकर्ताहरुका अनुसार व्यस्त जिवनशैली भएका मानिसहरुको दैनिक जिवनमा स्मार्टफोन एपले ठूलो सहयोग गरिरहेको छ । स्मार्टफोन प्रयोगकर्ताहरुले एपको सहयोगले आफ्नो दैनिकी व्यवस्थापन गर्ने गरिरहेका छन् ।

दैनिक रुपमा सबैभन्दा धेरै एप प्रयोग गर्ने देशको रुपमा ब्राजिल परेको छ । जहाँ औषतमा दैनिक ११ प्रकारका स्मार्टफोन एप प्रयोग गर्ने गरेका छन् प्रयोगकर्ताले ।

प्रयोगकर्ताले धेरै प्रयोग गर्ने एपहरुमा युटिलिटी तथा टूल्स एपहरु रहेका छन् जो स्मार्टफोनमा धेरैजसो पि्रइन्स्टल्ड हुन्छन् । आइओएसको सफारी तथा एन्ड्रोइडको गुगल एप यसका उदाहरण हुन् ।

त्यसपछि बढि प्रयोग गरिने एपहरुमा सोसल नेटवर्किङ, कम्युनिकेसन र अन्य सोसल एपहरु रहेका छन् ।

रिपोर्ट अनुसार एन्ड्रोइड प्रयोगकर्ताको तुलनामा आइफोन प्रयोगकर्ताहरुले बढि एप चलाउने गरेका छन् । एन्ड्रोइड प्रयोगकर्ताहरु चाहीँ गेमिङ एपमा बढि समय बिताउने गरेको पाइएको छ ।

तथ्यांक अनुसार अमेरिकीहरु दैनिक सबा दुई घण्टा स्मार्टफोनमा विभिन्न एपहरु चलाएर बिताउँछन् । यो भनेको वर्षमा एक महिना जत्तिकै हो ।

दक्षिण कोरिया, ब्राजिल, मेक्सिको तथा जापानीहरु चाहीँ दिनमा ३ घण्टा स्मार्टफोन एप चलाएर बिताउने गरेका छन् ।

ब्राजिल तथा मेक्सिकोमा स्मार्टफोन प्रयोगकर्ताहरुले एप चलाएर बिताउने समयमध्ये आधाजसो समय सोसल तथा कम्युनिकेसन एप चलाउने गरेका छन् । जबकी दक्षिण कोरिया तथा जापानीहरुले २५ प्रतिशत समय गेमिङ एप चलाउने गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment