Comments Add Comment

दुई नारी स्रष्टाका दुई कृति सार्वजनिक

काठमाडौं । स्रष्टा यमुना पराजुलीको गजलसङ्ग्रह ‘जलसा’ र विन्दु अधिकारी ढकालको कवितासङ्ग्रह ‘विन्दुहरु’ सार्वजनिक भएको छ ।

आइतवार पेप्सीकोलास्थित नेक्सस स्कूलमा आयोजित कार्यक्रममा दुवै कृतिको कवि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घमिरे, गजलकार ज्ञानुवाकर पौडेल, शीतल कादम्बिनी र कवि तथा गीतकार शंकर कोइरालाले लोकार्पण गरे ।

बालसाहित्यका क्षेत्रमा परिचित यमुना पराजुलीले पहिलो कृतिका रुपमा गजल सङ्ग्रह ल्याएकी हुन् । ७५ वटा गजल समेटिएको सङ्ग्रहका गजलमा समाजका विसंगति, प्रणय भावका साथै , बालबालिकाका मनोदशाको विषय पनि उठाएको गजलकार पराजुलीले बताइन् । ‘जलसा’ बीएन पुस्तक संसारले प्रकाशन गरेको हो ।

त्यस्तै कवि विन्दु अधिकारीको कवितासङ्ग्रह ‘विन्दुहरु’ मा ४९ वटा कविता सङ्गृहित छन् । कृति युनाइटेड नेपाल पब्लिकेसन्ले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment