Comments Add Comment

सरकारमा राज्यमन्त्री थपिँदै, पाँच बजे सपथ

२६ बैशाख, काठमाडौं । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा फोरम लोकतान्त्रिकबाट आज तीन राज्यमन्त्री थपिँदैछन् ।

जनकराज चौधरीले स्थानीय विकास, यशोदा लामाले भूमिसुधार र सुमित्रा थारुले पर्यटन राज्यमन्त्रीको रुपमा सपथ ग्रहण गर्न लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साँझ पाँच बजे राज्यमन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

सोमबार विजयकुमार गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्ष समेत रहेका गच्छदारले उपप्रधान तथा स्थानीय विकास, जितेन्द्र देवले पर्यटन र गोपाल दहिले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment