Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः ४ जेठमा संविधान संशोधनको तयारी

२७ वैशाख, काठमाडौं । आजका पत्रपत्रिकाहरुले विविध विषयहरुलाई आफ्नो पहिलो पृष्ठमा स्थान दिएका छन् । निर्वाचन, संविधान संशोधन र एलइडी बल्ब खरिदबारे कुलमानले दिएको प्रष्टीकरणलगायत विषयहरुआजका पत्रपत्रिकाको मुख्य प्राथमिकतामा छन् ।

निर्वाचनमा सहयोग गर्न प्रधानमन्त्रीले सबै पक्षलाई गरेको आग्रहलाई मुख्य खबर बनाएर छापेको गोरखापत्रले प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायपालिकामाथिको आक्रमण अनुपयुक्त भनेर दिएको अभिव्यक्तिलाई पनि प्राथमिकताका साथ छापेको छ । काठमाडौं महानगरपालिकाको चुनावी प्रतिष्पर्धाको एक सामग्री पनि गोरखापत्रले लेखेको छ ।

४ जेठमा संविधान संशोधनको तयारी भएको विषयसँगै एलइडी बल्बबारे कुलमानले दिएको स्पष्टीकरणलाई नयाँ पत्रिकाले प्रमुखताका साथ लेखेको छ ।

राजधानी दैनिकले मतदान केन्द्रबाटै निर्वाचन शिक्षा दिने तयारी भइरहेको जनाएको छ । राजधानीमा घोषणापत्र बेचेर निर्वाचन खर्च जुटाउनेदेखि बिकट बाजुरामा धामीझाँक्रीको प्रभावसम्मका खबर छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले निर्वाचनलगत्तै मतगणना हुने जनाएको छ भने नागरिक दैनिकले सरकारबाट भएको निर्वाचन आचारसंहिता उल्लंघनको घटनालाई मुख्य खबर बनाएर छापेको छ । कान्तिपुर दैनिकले निर्वाचनमा भएका तालमेललगायतका विषयलाई पहिलो पृष्ठमा लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment