Comments Add Comment

जस्टिनको सुरक्षामा सलमानका बडिगार्ड शेरा


चर्चित क्यानेडियन पप गायक जस्टिन विवर भारत आइपुगेका छन् । उनी, मंगलबार राती भारत आइपुगेका हुन् । उनलाई मुम्बइको अन्तरराष्ट्रिय विमानस्थलमा फ्यानले करिब १० घन्टा कुरेका थिए । जस्टिन विमानस्थलबाट बाहिर आउँदै गर्दा फ्यानले हुटिङ गरेर स्वागत गरेका थिए ।

जस्टिनले आज मुम्बइमा भव्य कन्सर्टमा सहभागीता जनाउँदैछन् । जस्टिनका लागि कडा सुरक्षाको व्यवस्था गरिएको छ । उनलाई विमानस्थलमा कडा सुरक्षा दिएर होटलसम्म पुर्‍याइएको थियो । जस्टिनको सुरक्षाका लागि नायक सलमान खानका प्रमुख बडिगार्ड शेरा पनि खटिएका थिए ।

भारतीय मिडियाका अनुसार जस्टिनको कन्सर्टपछि उनलाई भारतका चर्चित सुपरस्टारहरु साहरुख खान, सलमान खानले पार्टीको आयोजना गर्नेछ । क्यानेडियन स्टारको विश्वभर करोडौ फ्यान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment