Comments Add Comment

चीनमा दंगलको क्रेज, ५ दिनमा कमायो सय करोड

भारतमा किर्तिमानी व्यापार गरेको आमिर खानको बलिउड फिल्म दंगलले चीनमा पनि धुम मच्चाइरहेको छ । सो फिल्मले प्रदर्शनको पाँच दिनमै एक सय करोड भारु कमाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सोसल मिडियामा पनि दंगलको खुब चर्चा छ । #LetsWrestleDad (फिल्मको चाइनिज नाम) ह्यासट्याग राखेर चिनियाहरु विभिन्न प्रतिक्रिया लेखिरहेका छन् ।

अहिलेसम्म यस ह्यासट्यागमा बीबोमा एक लाख १० हजार सन्देश आएसकेको बताइएको छ ।

चिनियाँ निर्देशक फेंग शियागाङले पनि यो फिल्म हेरेर बीबोमा प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘मेरा साथीले मलाई भनेका थिए कि यो भारतीय फिल्म हेर्नलायक छ । म आफ्ना २० जना साथीहरु लिएर फिल्म हेर्न गएँ । जब फिल्म अन्त्य भयो मेरा ७-८ जना साथीहरु शौचालयतर्फ दोडिए । उनीहरु सबै पिशाबसमेत रोकेर बसेका रहेछन् ।’

चिंगहुवा यूनिभर्सिटीका प्रोफेसर यिन हांङ फिल्म समिक्षक पनि हुन् । उनले बेइजिङ इभनिङ न्यूजसँगको कुराकानीमा भने, ‘दंगलजस्तो फिल्मका अगाडि चिनिया फिल्म फितला सावित हुन्छन् । यसले चिनिया फिल्मलाई पाठ सिकाएको छ । चीनमा कति च्याम्पियन छन्, तर एक जनाको बारेमा पनि गतिलो फिल्म बनेको छैन ।’

गत अपि्रलमा आमिर खान र निर्देशक नितेश तिवारी दंगलको पि्रमियरका लागि बेइजिङ गएका थिए । दंगललाई बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिबलमा देखाइएको थियो । आमिर औंलामा गन्न सकिने भारतीय अभिनेता हुन् जसका फ्यान चीनमा पनि छन् । केही वर्षअघि आएको उनको फिल्म थ्री इडियट्स चीनमा निकै मन पराइएको थियो । ज्याकी चेनले पनि फिल्मको तारिफ गरेका थिए ।

सलमान खानको आगामी फिल्म ट्यूबलाइटमा चिनीया अभिनेत्रीले अभिनय गरेकी छिन् र यसको सुटिङ भारतमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment