Comments Add Comment

ललिपुरमा खुल्यो ‘पीज्जा वर्ल्ड ‘, केकीदेखि पूजासम्म उद्घाटनमा पुगे


काठमाण्डौको बौद्धपछि ललितपुरको कुमारीपाटीमा ‘पीज्जा वर्ल्ड’को शाखा संचालनमा आएको छ । आज आयोजित एक कार्यक्रममा नेपाली चलचित्रका नायिकाहरुले यसको उद्घाटन गरे ।

नायिकाहरु केकी अधिकारी, पूजा शर्मा, छुल्ठिम गुरुङ, रीमा विश्वकर्मा लगायत उद्घाटन पुगेका थिए । नायिका अधिकारीले रीवन काटेर यसको उद्घाटन गरेकी थिइन् ।

उद्घाटनपछि नायिकाहरुले ‘पीज्जा वर्ल्ड’मा स्वादिष्ट पीजा पाइने भन्दै सबैलाई यसको स्वाद चाख्न अनुरोध गरे । यसका संचालक मध्येका एक विनोद पौडेलले भने-‘हामीले हरेक प्रकारका पीजाहरु दर्शकलाई सुपथ मुल्यमा उपलब्ध गराउनेछौ । भेज र नन-भेजका पारखीहरुलाई यहाँ विभिन्न प्रकारका पीजा सहित पास्ता, स्पाइसी चिकेन, चिकेन तन्दुरी लगायतका खानकुरा उपलब्ध छन् ।

यस्तै, उद्घाटन कार्यक्रममा नायक गजित बिष्ट, कोरियोग्राफर गम्भिर बिष्ट पनि पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment