Comments Add Comment

महन्थलाई उपेन्द्रको व्यङ्ग्यः भनेको भए मै फूलमाला लगाइदिन्थेँ

२९ बैशाख, काठमाडौं । संघीय गठवन्धनका अध्यक्षबाट उपेन्द्र यादवलाई हटाएपछि राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच आरोप प्रत्यारोप चलिरहेको छ ।

यसमा दुबै दलका शीर्ष नेताहरु पनि सहभागी छन् । फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि यो जुहारीमा सहभागी भएका छन् । संघीय गठबन्धनबाट आफूलाई हटाएको भनेर प्रचार गरिएको भन्दै उनले यो घृणित कार्य भएको बताए ।

‘महन्थ ठाकुरजीले आफू अध्यक्ष भएको भनेर आँफै मनगणन्ते वक्तव्य जारी गर्नुभएछ’ शुक्रबार एक कार्यक्रममा यादवले भने, ‘मलाई भनेको भए त म आँफै उहाँलाई सम्मानजनक रुपमा फूलमाला र अविर लगाएर पद दिन्थें नि ।’

राजपाका नेता राजेन्द्र महतोप्रति लक्षित गर्दै यादवले विगतमा गठबन्धनविरुद्ध उफ्रनेहरु नै आज यस्तो घृणित काम गरेको आरोप लगाए । उनले भने, ‘एक दुई जना मान्छे बोलाएर आफूले आफैंलाई गठबन्धनको संयोजक तोक्नु लाजमर्दो कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment