+
+

स्थानीय निर्वाचनः गोरखाको उत्तरी क्षेत्रमा मतपत्र पुर्‍याउन कठिनार्इ

बिकास मरहट्टा  बिकास मरहट्टा 
२०७४ वैशाख २९ गते १७:२९

२९ बैशाख, गोरखा । आइतबार हुने स्थानीय तह निर्वाचनको तयारी लगभग सकिएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ । तर चुमनुव्री लगायत उत्तरी क्षेत्रमा मतपत्र पुर्‍याउन कठिनाइ भएको उसले बताएको छ ।

दुइ सय १३ मतदान स्थल र दुइ सय ६० मतदान केन्द्र रहेको गोरखाको सबै केन्द्रमा मतदान सामग्री र कर्मचारीहरु पुगिसकेको निर्वाचन कार्यालयका प्रमुख राजेन्द्र पोखरेेलले बताए ।

सबै केन्द्रहरुबाट मतदाता परिचयपत्र वितरण भइरहेको मुख्य निर्वाचन अधिकृत बसन्त राज पौडेलले जानकारी दिए । ‘व्यवस्थित रुपमा सबै केन्द्रहरुबाट मतदाता परिचयपत्र वितरण भइरहेको छ,’ पौडेलले भने ‘मतदाताहरु पनि उत्साहित भएर परिचयपत्र लिन आउने गरेको मतदान अधिकृतहरुले जानकारी गराउनुभएको छ ।’

उत्तरी क्षेत्रमा मतपत्र पुर्‍याउन कठिनाई

जिल्लाको उत्तरी क्षेत्रका केन्द्रहरुमा निर्वाचन गराउन सहज नभएको उनले बताए । ‘चुमनुव्री र धार्चेको ३१ वटा मतदान केन्द्र बिकट छन्, त्यहा मतदान सामग्री लैजान पनि धेरै गाह्रो भएको थियो, अब मतगणना स्थल सम्म मतपत्र कसरी लाने भनेर चिन्ता छ,’ पौडेलले भने ।

मतदान भएको मतपत्र मतगणना स्थल सम्म पुर्‍याउन निर्वाचन आयोगसँग हेलिकप्टरको माग गरिएको उनले बताए । अन्य केन्द्रमा भने निर्वाचन सहज रुपमा गराउन सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?