Comments Add Comment

२० किलोको ट्युमर भएका व्यक्तिको सफल शल्यक्रिया

३० वैशाख, बिराटनगर । विराटनगरस्थित नोेबेल मेडिकल अस्पताललेे २० किलोको ट्युमर भएका एक व्यक्तिको सफल शल्यक्रिया गरेको छ । अस्पतालमा कार्यरत चिकित्सकको टोलीले कानको पछाडि पट्टी भएको २० किलोको ट्युमरको सफल शल्यक्रिया गरेका हुन् ।

सुनसरीको दुहवी-१ का मोहम्मद इस्ताकको गएको बुधवार कानको पछाडिको भागमा रहेको ट्युमरको लामो समय लगाएर सफल शल्यक्रिया गरेका थिए । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी अस्पतालका डाक्टर आइप चेरियन नेतृत्वको टोलीले इस्ताकको ट्युमरको सफल शल्यक्रिया गरेको जानकरी दिएको छ ।

पत्रकार सम्मेलनमा इस्ताकको ट्युमरको शल्यक्रियाको नेतृत्व लिएका डा चेरियनले धेरै खालका टुयुमर मानिसमा देखिने भएपनि यस्ता जटिल खालको अवस्थाको टुयुमर विरलैमा हुने गरेको बताए ।

‘लामो समय र कडा मेहनतपछि बिरलै हुने यस्तो जटिल शल्यक्रिया गर्न हाम्रो टिम सफल भएको छ’ उनले भने,’यस्तो प्रकृतिको टुयुमरले हड्डीमा असर गर्ने तथा नसाहरु धेरै हुने भएकाले ज्यादै जोखिम हुने गर्दछ ।’

२० किलो टुयुमरको सफल शल्यक्रिया पश्चात बेड भर्नामा इस्ताक रहेका छन् । उनले ५ वर्ष अघि कानको पछाडि भागमा सामान्य गाँठो जस्तो देखिएको मासुको डल्लो बढेर अहिले यतिको ठूलो हुन पुगेको बताए ।

चार वर्ष अघिसम्म सामान्य अवस्थामा नै थियो एक वर्षदेखि गाँठो बढ्दै जाँदा २० किलो भयो । जसले गर्दा दैनिकिमा नै समस्या भएको इस्ताकले बताए । हिँडडुल गर्नसमेत समस्या भएपछि उनी नोवेल अस्पताल उपचारका लागि भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment