Comments Add Comment

ललितपुर महानगरमा एमालेले कांग्रेसलाई पछि पार्‍यो

हरिकृष्ण व्यन्जनकार

२ जेठ, ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा भएको छ । एमाले मेयर पदका उम्मेदवार हरिकृष्ण व्यन्जनकारले  कांग्रेसका  चिरिबाबु महर्जनलाई पछि पारेका छन् । केहीबेरअघि महर्जनले अग्रता लिएका थिए ।

एमालेका मेयर उम्मेदवार व्यन्जनकारले ४ हजार ९२६ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार महर्जनले ४ हजार ७४४ मत पाएका छन् ।

माओवादी केन्द्रका दिनेश महर्जन ‘दिपेश’ले ८ सय ९ र साझा पार्टीका रमेश महर्जनले ७६६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment