+
+

सिन्धुपाल्चोकको लिसंखुपाखरमा एमालेका कमल नेपाल विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३ गते १४:४३

३ जेठ, चौतारा । सिन्धुपाल्चोकका ११ स्थानीय तहमध्ये लिसंखुपाखर गाउँपालिकाको मतगणना सकिएको छ ।

लिसंखुपाखरको अध्यक्षमा नेकपा एमालेका जिल्ला सचिव कमल नेपाल ३० मतको अन्तरमा बिजयी भएका छन् । २ हजार ७६१ मतसहित नेपाल निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका राजु लामाले २ हजार ७३१ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै हेमगंगा मोक्तान २८५२ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी फूलम लामाले २ हजार ४१७ मत प्राप्त गरेकी छन् ।

गाउँपालिकाका ६ ओटा वडामध्ये माओवादीले ३, एमालेले २ र कांग्रेसले एउटा वडा जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?