Comments Add Comment

बाग्लुङको काठेखोला गाउँपालिकामा एमाले विजयी

३ जेठ, बाग्लुङ । बाग्लुङको काठेखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अम्मरबहादुर थापा निर्वाचित भएका छन् ।

थापाले ६ हजार ६ सय ९८ मत ल्याउँदै अध्यक्षमा जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका होमबहादुर हमालले ५ हजार २ सय २१ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका अर्जुन खत्री विजयी भएका छन् । खत्रीले ६ हजार ५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानु शर्मा श्रीसले ४ हजार ८ सय ३५ मत प्राप्त गरे ।

आठ वटा वडा रहेको काठेखोला गाउँपालिकामा एमालेले पाँच वटा वडाको अध्यक्षमा जित हात पारेको छ भने कांग्रेसले तीन वटा वडाध्यक्ष जितेको छ ।

वडा नम्बर १ मा कांग्रेसका खड्कबहादुर थापा, २ मा एमालेका विद्यापति शर्मा, ३ मा एमालेकै याम श्रीस, ४ मा कांग्रेसका केशर थापा, ५ मा कांग्रेसका शिवप्रसाद कँडेल निर्वाचित भएका हुन् । यस्तै, वडा नम्बर ६, ७ र ८ मा एमालेकै क्रमश: युक्तप्रसाद कँडेल, प्रेम लामिछाने र चित्रकला छन्त्याल विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment