Comments Add Comment

इच्छाकामना गाउँपालिकामा कांग्रेसकी गीता गुरुङ बिजयी


३ जेठ, चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा नेपाली कांग्रेसकी उम्मेदवार गीता गुरुङ बिजयी भएकी छन् । एमाले उम्मेदवार नारायणप्रसाद अधिकारीलाई १ सय ९२ मतले पराजित गर्दै गुरुङ बिजयी भएकी हुन् ।

चितवनका ७ स्थानीय तहमध्ये पहिलो परीणाम घोषणा हुने इच्छाकामना गाउँपालिकामा कांग्रेस उम्मेदवार गीता गुरुङ ३ हजार २ सय ५४ मत पाएकी छिन् । निकटम प्रतिद्वन्द्वी नारायणप्रसाद अधिकारी ३ हजार ६१ मत प्राप्त गरे ।

यस्तै माओवादी केन्द्रका प्रताप गुरुङले २ हजार ३ सय ९९ मत पाएका थिए । गाउँपालिकाको उपप्रमुखमा कांग्रेसका उम्मेदवार कीर्तिकुमार श्रेष्ठले ३ हजार ३ सय ८९ मत प्राप्त गरी विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेकी जुना भण्डारीले ३ हजार ९७ मत प्राप्त गरिन् ।

गाउँपालिकाको ३ वटा वडा एमालेले प्यानलसहित, ४ वटा कांग्रेस र १ वटा माओवादीले जित हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment