Comments Add Comment

मेयर र गाउँपालिका प्रमुखलाई कसले सपथ खुवाउँछ ?

सचिव दिनेश थपलिया भन्छन्- कतिपयले सपथ खाइसके


४ जेठ, काठमाडौं । स्थानीय तहको चुनावमा निर्वाचित पदाधिकारीहरुले कोसँग कसरी सपथ खालान् ? पहिलो निर्वाचनको परिणाम धमाधम आइरहँदा धेरैमा यसबारे चासो र दुविधा छ ।

स्थानीय तह निर्वाचन नियमावली अनुसार स्थानीय तहका पदाधिकारीले निर्वाचित भएको तीन दिनभित्र सपथ खाने व्यवस्था छ । निर्वाचन अधिकृतले निर्वाचित भएको प्रमाणपत्र दिएको मितिलाई निर्वाचित भएको मिति मानिनेछ ।

ती पदाधिकारीहरुलाई सपथ खुवाउन कानुनको अभाव भएपछि निर्वाचन आयोगले आदेश मार्फत सपथ खुवाउने व्यवस्था गरेको छ ।

कसले कसरी खुवाउँछ सपथ ?

निर्वाचन आयोगले पदाधिकारीलाई स्थानीय तहमै सपथ खुवाउने व्यवस्था गरेको छ । अब हरेक स्थानीय तहका पदाधिकारीले निर्वाचन अधिकृतसँगै सपथ खाने छन् । धेरै पदाधिकारीले सपथ खाइसकेको स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले अनलाइनखबरलाई बताए ।


थपलियाका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुख तथा मेयर र उपमेयरलाई निर्वाचन अधिकृतले सपथ खुवाउने छन् ।

वडा अध्यक्षहरुलाई पनि निर्वाचन अधिकृतले नै सपथ खुवाउने व्यवस्था आयोगले गरेको छ ।

वडा सदस्यहरुलाई भने सम्वन्धित वडाध्यक्षले सपथ खुवाउने व्यवस्था गरेको छ । वडा सदस्यहरुले वडाभित्र मात्रै काम गर्ने भएकाले वडाअध्यक्षसँगै सपथ लिने व्यवस्था गरेको सचिव थपलियाले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment