Comments Add Comment

भक्तपुरमा नेमकिपाको विजयी जुलुस तस्वीरमा हेर्नुहोस्

६ जेठ, भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले शनिबार विजयी जुलुस निकालेको छ । भक्तपुरमा नेमकिपाले मेयर, उपमेयरसहित सबै वडामा प्यानल नै जितेको छ ।

मेयरमा सुनिल प्रजापति हालसम्मकै बढी मतान्तरले विजयी भएका छन् । पूर्वसभासद समेत रहेका प्रजापतिले कांग्रेसका रामप्रसाद कासुलालाई १९ हजार ३६ मतअन्तरले हराए । प्रजापतिले २५ हजार ५६८ मत ल्याउँदा कांग्रेसका कासुला ६ हजार ५३२ मतमा रोकिए ।

शुक्रबार रातिमात्रै मत परिणाम सार्बजनिक भएकाले आइतबार दिउँसो नेपाल मजदुर किसान पार्टीले केन्द्रीय कार्यालयबाट विजय जुलस निकालेको छ । परम्परागत बाजागाजा र साँस्कृतिक झाँकीसहित निकालिएको जुलुश नगर परिक्रमा गरी पार्टी कार्यालयमा गएर सकिने नेमकिपाले जनाएको छ ।

बिजय जुलुशमा सहभागि हुनु अघि मेयरमा निर्वाचित सुनिल प्रजापतिले जनमतको कदर गर्दै घोषणा पत्र अनुरुपम काम गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै उपमेयरमा निर्वाचित नेमकिपाकै रजनी जोशीले मत माग्दा गरेका बाचा पूरा गर्ने र भक्तपुर नगरको समृद्धिका लागि लाग्ने बताइन् । उनले सबैभन्दा पहिला आफ्नो नगरका महिलाहरुको शिक्षाको बिकासमा अग्रसर रहने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment