Comments Add Comment

प्रधानमन्त्री प्रचण्डको टाउकोमा अझै १५ मुद्दा !

७ जेठ, काठमाडौं । टीकापुर घटनाका अभियुक्तको मुद्दा फिर्ता लिएको भन्दै पछिल्ला दिनमा प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना भइरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगले समेत यसको विरोध गरेको छ ।

उता मधेसी मोर्चाले भने मुद्दा फिर्ताका लागि दबाव दिइरहेको छ । दोहोरो मारमा परेका प्रधानमन्त्री प्रचण्डले आइतबार यसबारे मुख खोलेका छन् ।

एक कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रधानमन्त्री प्रचण्डले सरकारले चाहनेबित्तिकै अदालतमा विचाराधीन फिर्ता नहुने बताए । ‘म आफैं प्रधानमन्त्री छु । तर, मेरो टाउकोमा अहिले पनि १५ वटा मुद्दा छन्’ सशस्त्र विद्रोहको नेतृत्व गर्दै शान्तिपूर्ण राजनीतिमा अाएका उनले भने,  मुद्दा फिर्ताको आफ्नो प्रक्रिया छ, मान्यता छ, हामीले चाहेर मात्रै हुँदैन ।’

हत्याका घटनामा प्रत्यक्ष संलग्नको हकमा मुद्दा फिर्ता गर्न पनि नसकिने तर, अरूमाथि लागेको झुट्टा मुद्दा भने फिर्ता लिने बताए ।

प्रधानमन्त्री प्रचण्डले मधेसका मुद्दा ब्यालेटबाटै संस्थागत गर्न मधेश केन्द्रित दल र मधेशी जनतालाई आग्रह पनि गरेका छन् ।

मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा ल्याउन सरकारले अथक प्रयास गरेको भन्दै उनले भने, ‘यो सरकार मधेसका मुद्दाप्रति धेरै संवेदनशील छ, म आफैं ३० दलीय गठबन्धनको नेतृत्व गरेको नेता हुँ, मधेसबाटै निर्वाचित जनप्रतिनिधि हुँ, मधेशमा माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ, पारित हुने स्थिति देख्नेबित्तिकै यसलाई मतदानमा लगिनेछ, झुट्टा मुद्दा खारेजीका लागि प्रक्रिया सुरु गरिएको छ । यो सरकार जत्तिकै नजिकको सरकार मधेशी दल र मधेशी जनताले पाउन केही वर्ष मुस्किल नै पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment