Comments Add Comment

चीनमा मोदीभन्दा आमिर खान लोकप्रिय

भारतीय अभिनेता आमिर खान चीनमा निकै लोकप्रिय बन्दै गएका छन् । फिल्म ‘दंगल’ को सफलताले चिनीयाहरुमाझ उनलाई चिनाएको हो ।

चीनको अत्यधिक लोकप्रिय माइक्रो ब्लगिङ साइट ‘वेइबो’ मा रहेको आमिरको अकाउन्टमा उनका फलोअरहरुको संख्या ५ लाख ८६ हजार पुगेको छ । यस मामलामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पछाडि छोडेका छन् ।

आमिरले आफ्नो फिल्म दंगल चीनमा रिलिज हुनु अगाडि बेइवोमा आफ्नो अकाउन्ट खोलेका थिए । दंगलले चीनमा ठूलो सफलता पायो । यसले केवल १३ दिन भित्र ७.६ करोड डलरको ब्यापार गरेको थियो । यसले चीनमा चलिरहेका थुप्रै हलिउड फिल्मलाई समेत उछिनेको थियो ।

मोदीले २०१५ मा चीनको भ्रमण गरेका थिए । भ्रमणपूर्व उनले आफ्नो वेइबो अकाउन्ट खोलेका थिए जसमा १ लाख ६९ हजार फलोअर्स छन् । त्यतिबेला मोदी चीनमा सर्वाधिक लोकप्रिय भारतीय थिए भने अहिले उनलाई आमिरले उछिनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment