Comments Add Comment

प्रेस काउन्सिल अध्यक्ष बरालको नियुक्ति बदर गर्न माग गर्दै सर्बोच्चमा रिट,भोलि बहस हुने

९ जेठ, काठमाडौं । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानी बरालको योग्यतामाथि प्रश्न उठाउदै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

बराललाई २०७४ जेठ ४ गते मन्त्रिपरिषद् बैठकले काउन्सिल अध्यक्षमा नियुक्त गरेको थियो । बरालको योग्यतामाथि प्रश्न उठाउँदै पत्रकार वैकुण्ठ भण्डारीले नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरेका हुन् ।

आफूलाई पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान दिएको व्यक्ति भनी झुठा र बनावटी टिप्पणी सूचना तथा सञ्चार मन्त्रीलाई उठाउन लगाई सोही सिफारिसका आधारमा नियुक्ति लिन सफल भएको भन्दै रिट निवेदन दर्ता गरिएको हो । रिटमाथि बुधबार बहस हुने भएको छ ।

प्रेस काउन्सिल ऐन २०४८ को दफा ६ (१) मा काउन्सिलको अध्यक्षको बन्न सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको व्यक्तिहरु मध्येबाट नेपाल सरकारबाट मनोनित व्यक्ति अध्यक्ष हुने कानूनी प्रावधानलाई लत्याउँदै बराललाई नियुक्त गरिएको जिकिर निवेदकले गरेका छन् ।

प्रेस काउन्सिल ऐन २०४८ को दफा ६ (१) (क) को योग्यता नै नपुगेका व्यक्तिलाई नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्वाचन आचारसंहिता लागेको र आयोगले निर्वाचनपछि मात्र नियुक्तिका लागि स्वीकृति प्रदान गरेकोमा सो को समेत अवज्ञा गरी हतारहतारमा प्रेस काउन्सिलको अध्यक्ष पदमा स्वेच्छाचारी रुपमा र कानून विपरीत मनोनित गरेको रिटमा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment