Comments Add Comment

स्थानीय तह निर्वाचन: मधेसमा कांग्रेस र मधेसवादीबीच तालमेल तयारी

१० जेठ, काठमाडौं । स्थानीय तहको पहिलो चरणको चुनावमा असफलजस्तै देखिएको तालमेल रणनीति दोस्रो चरणमा पनि दोहोर्याउने दलहरुको तयारी देखिएको छ । सिरहामा  मधेसवादी दल र नेपाली कांग्रेसबीच तालमेलको कसरत भइरहेको छ भने एमालेले पनि विचार मिल्ने दलसँग तालमेल हुने जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरम नेपालसँग नेपाली कांग्रेसले तालमेल कसरत तीव्र पारेको छ । नगरपालिकादेखि गाउँपालिकासम्म मधेसवादी दलसँग तालमेल भए चुनावी नतिजा आफ्नो पक्षमा पार्न सकिने दाउमा कांग्रेसले कसरत अघि बढाएको नागरिक दैनिकले लेखेको छ ।

कांग्रेसबाट तालमेल भए स्थानीय तहमा सम्मानजनक सिट हात पार्न सहज हुने आकलन फोरमका स्थानीय नेताको पनि छ । मधेसवादी दलसँग तालमेल गरे पार्टीको संगठित मतमा मधेसको भावनात्मक मत थपिने कांग्रेसको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment