Comments Add Comment

पोखरा-लेखनाथ महानगरको वडा नम्बर २१ मा एमालेको प्यानल बिजयी

१० जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २१ मा नेकपा एमालेको प्यानल भारी मतसहित बिजयी भएको छ ।

वडा नम्बर २१ मा वडाध्यक्षमा खगराज आचार्यसहित एमाले प्यानल बिजयी भएको हो ।

आचार्यले उनका प्रतिद्धन्द्धी कांग्रेसका केवल गिरीको भन्दा १ हजार ७ सय ३० मत बढी ल्याए । बिजयी आचार्यले २ हजार ५ सय ४४ मत प्राप्त गरे भने गिरीले ८१३ मत प्राप्त गरे ।

पोखरा लेखनाथ महानगरपालिकाको वडाध्यक्षमा यो सबैभन्दा फराकिलो अन्तरको जित हो ।

महिला सदस्यमा अम्विका थापा, दलित महिला सदस्यमा सीतादेवी विक, खुल्ला सदस्यमा रामबहादुर गुरुङ र नन्दलाल अधिकारी बिजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment