Comments Add Comment

भारतीय राजदूतले भने- नेपालको राजनीतिबारे टिप्पणी गर्दिनँ

१० जेठ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालको राजनीतिप्रति कुनै टिप्पणी नगर्ने बताएका छन् । नेपालको राजनीतिक आन्तरिक मामिला भएको भन्दै उनले यसमा आफू बोल्न नमिल्ने बताए ।

बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा राजदूत पुरीले भने, ‘नेपालको राजनीतिक विषयमा राजदूतले टिप्पणी गर्न मिल्दैन, म यसमा कुनै पनि टिप्पणी गर्दिनँ ।’

तर, छिमेकी मुलुकको नाताले नेपालको राजनीतिलाई भारतले नजिकबाट हेरिरहेको उनले बताए । उनले भने, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाललाई विशेष महत्व दिनु भएको छ ।’

नेपाल र भारतबीच अत्यन्त निकटको सम्बन्ध भएको भन्दै यो सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन आफूले भूमिका खेल्ने बताए । राजदूत पुरीले भने, ‘सामाजिक, साँस्कृतिक, आर्थिक, धार्मिक रुपमा पनि नेपाल-भारत सम्बन्ध युगौंदेखि अत्यन्त सुमधुर छ । आगामी दिनमा झनै बलियो र प्रगाढ हुन्छ ।’

पछिल्लो ६ महिनामा नेपाल-भारतबीच ६ वटा उच्चस्तरीय भ्रमणहरु भएको भन्दै उनले थपे, ‘यी भ्रमणहरुले पनि जनाउँछन् कि नेपाल-भारत सम्बन्ध अत्यन्तै निकट र सुमधुर छ । यस्तो भिजिट विश्वमै कम हुन्छ ।’

राजदूत पुरीले हालै भारतमा मारिएका दुई जना गोरखा सैनिकको निधनमा दुःख व्यक्त गर्दै एकअर्कामा नेपाल र भारत सधैं सहयोगी बन्ने बताए ।

नेपालले पछिल्लो समय ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेकोमा खुसी व्यक्त गर्दै उनले अझै धेरै आर्थिक वृद्धि हासिल गरोस् भन्ने भारतको चाहना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment