Comments Add Comment

दाङमा अनसन बस्ने डा. गोविन्द केसीको तयारी

१२ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा.डा गोविन्द केसीले यो पटक दाङमा अनसन बस्ने तयारी गरेका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता सहितका माग राख्दै डा. केसीले ११ औं पटकको अनसन बस्ने तयारीमा छन् । उनले आफ्ना माग पुरा गर्न शनिबारसम्मको अल्टिमेटम दिएका छन् ।

तर, सरकारले माग पुरा गर्ने संकेत नदिएपछि डा. केसी अनसन बस्ने तयारीमा छन् । अनसन बस्नकै लागि डा. केसी शुक्रबार बेलुकी वा भोलि विहान दाङ्ग जाने तयारीमा रहेको उनकासहयोगी डा. सुमन आचार्यले बताए ।

सरकारले अघिल्लो अनसनका क्रममा हरेक प्रदेशमा एक एक वटा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्झौता गरेपनि त्यसको स्थापनामा चासो नदेखाएपछि डा. केसीले सांकेतिक विरोध स्वरुप दाङ्गमा अनसन बस्ने तयारी गरेका हुन् । अनसनका लागि डा. केसी एकजना सहयोगीका साथ दाङ्ग जाँदैछन् ।

त्रि.वि शिक्षण अस्पतालमा अनसन बस्दा स्वास्थ्य सेवा प्रभावित हुने भएकोले यस पटक डा. केसील अस्पताल बाहिर अनसन बस्ने निधो गरेको डा. सुमनले बताए । उनले भने, ‘सरकारले यसअघि दाङ्गमा एउटा मेडिकल खोल्ने सहमति गरेको थियो । तर, यस पटकको बजेटले त्यसलाई सम्बोधन नगर्ने भएपछि डा. केसीले विरोध स्वरुप यस पटकको अनसन त्यही बस्ने निधो गरेका हुन् ।’

अनसन स्थलमा फेरबदल हुने सम्भावना न्युन रहेको उनले बताए । दशौं अनसनका क्रममा भएका सम्झौता कार्यान्वयन र प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग फिर्ता लिनु पर्ने डा. केसीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment