Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः महाअभियोग फिर्ता लिने सहमति, राजपाले मानेन ३ दलको प्रस्ताव

१४ जेठ, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता गरिएको महाअभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस–माओवादी केन्द्रको शीर्ष नेतृत्व तयार भएपछि प्रमुख प्रतिपक्षी एमालेले शनिबारदेखि संसद् अन्त्य गरेको छ । आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले दलबीच बनेको नयाँ सहमतिलाई प्रमुखताका साथ छापेका छन् । लुक्ला विमानस्थलमा गोमा एयरको कार्गा विमान दुर्घटना भएको विषयलाई पनि पत्रपत्रिकाहरुले लेखेका छन् ।

प्रधान्यायाधीश सुशीलका कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाभियोग फिर्ता लिने र पुरानै स्थानीय तहमा निर्वाचन गर्ने सहमति जुटेपछि संसद्को अवरोध हटेको गोरखापत्र दैनिकले लेखेको छ । ‘चितवनमा रमाउन थाल्यो कोसीको अर्ना’ शीर्षकको समाचारलाई गोरखापत्रले एंकर बनाएर छापेको छ ।

नयाँ पत्रिका दैनिकले ४ दल बैठकमा प्याकेजमै सहमति खोज्न प्रस्ताव गरेकको विषयलाई मुख्य खबर बनाएर छापेको छ । गोमा एयर जहाज दुर्घटनाको खबरलाई पनि गोरखापत्रले पहिलो पृष्ठमा लेखेको छ । पशुलाई अब ८ घन्टाभन्दा बढी काममा लगाउन नपाइने निर्देशिका बन्न लागेको रमाइलो खबर पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा अटाएको छ ।

नागरिक दैनिकले सोलुखुम्बुको लुक्ला विमानस्थलमा दोहोरिरहने दुर्घटनबारे केलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment