छायांकनरत चलचित्र ‘फाटेको जुत्ता’मा नायिका बर्षा राउतको पनि इन्ट्री भएको छ । चलचित्रको शुभसाइत समारोहमा यसको निर्माणपक्षले नायिका राउतको नाम उल्लेख गरेको थिएन । तर, अहिले नायिका राउत विरगञ्जमा धमाधम चलचित्रको छायांकन गरिरहेकी छिन् ।
यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै निर्माता अर्जुन कुमारले भने-‘हो, हामीले बर्षाजीसँग कुरा त गरिरहेका थियौ । तर, उहाँको सेड्यूल अन्य चलचित्रमा रहेकाले हामीलाई समय दिन भ्याउने या नभ्याउने भन्ने पक्का भएको थिएन । तर, पछि उहाँले समय दिन सक्ने भएपछि अनुवन्धित गरेका हौ ।’
यो चलचित्रमा नायिका राउत कलाकार कामेश्वर चौरासियाको प्रेमिकाको भूमिकामा देखिदैछिन् । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, वुद्धि तामाङ, बर्षा राउत, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । ‘फाटेको जुत्ता’लाई निर्देशक निकेश खड्काले पूर्ण रुपमा कमेडी चलचित्र भनेका छन् । चलचित्रको २२ सिन खिचिएको निर्माणपक्षले जानकारी दिएको छ ।
प्रतिक्रिया 4