Comments Add Comment

युवा र खेलकुदका लागि २ अर्व २४ करोड बिनियोजन

१५ जेठ, काठमाडौं । सरकारले युवा तथा खेलकुद क्षेत्रको पूर्वाधार बिकास तथा चालू कार्यक्रम निरन्तरताका लागि २ अर्व २४ करोड बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले आज संसदमा जारी गरेको बजेट अनुसार युवा तथा खेलकुद मन्त्रामलयका लागि २ अर्व २४ करोड बजेट छुट्याइएको छ ।

त्यसमध्ये खेलकुदका लागि ८० प्रतिशत अर्थात १ अर्व ७९ करोड बजेट बिनियोजन हुने बताइएको छ । अघिल्लो आर्थिक वर्ष २ अर्व ८ करोड बजेट खेलकुदले पाएको थियो ।

त्यस्तै मुलपानी क्रिकेट मैदानसहित देशभरका ८ क्रिकेट मैदानको निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ ।

त्यसैगरी खेलाडीहरुलाई स्थाई लेखा नम्बर दिएर करको दायरामा ल्याउने योजना पनि बजेटमा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment