१६ जेठ, काठमाडौं । नेपालमा अब रक्सी थप महंगिने भएको छ । सरकारले सोमबार घोषणा गरेको बजेटमा रक्सी तथा मदिरामा ७ देखि १० प्रतिशतसम्म अन्तःशुल्क बढाएको छ ।
सरकारले भोड्कासहित अन्य प्रकारका मदिरामा अन्तःशुल्क कर बढाएको हो । अन्तःशुल्क बढेपछि अब रक्सी महंगिने निश्चित भएको छ ।
१५ युपी शक्तिको ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिराको प्रतिलिटर १००३ रुपैयाँ कर पर्ने भएको छ ।
यसअघि प्रतिलिटर ९१३ रुपैयाँ प्रतिलिटर अन्तशुल्क कायम गरिएको थियो ।
२५ युपी शक्तिको ४२.८ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिराको कर प्रतिलिटर ७४८ रुपैयाँ पुगेकोछ । यसअघि यस्तो कर ६८० रुपैयाँ मात्रै थियो । यसमा पनि झण्डै १० प्रतिशत अन्तःशुल्क बढेको छ ।
३० युपी शक्तिको ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरालाई प्रतिलिटर ६९७ रुपैयाँ अन्तःशुल्क लाग्ने छ ।
यसअघि यस्तो मदिरामा प्रतिलिटर ६३४ रुपैयाँ अन्तःशुल्क राखिएको थियो ।
अब रम लगायत अन्य स्प्रीटहरूको कच्चा पदार्थ, जिन र जेनेभा तथा लिकर्स तथा उद्दीपक -कार्डियल्स)को कच्चा पदार्थको रूपमा प्रयोग हुने मादकको कर प्रतिलिटर १२ रुपैयाँ बढेको छ । यसअघि प्रतिलिटर ११५ रुपैयाँ रहेको अन्तःशुल्क १२७ पुगेको छ ।
स्वदेशमा उत्पादित फलफूल र तिनबाट बनेका १२ प्रतिशतसम्म अल्कोहलको मात्रा भएको स्वदेशी वाईनमा प्रतिलिटर ७४ बाट अन्तःशुल्क बढाएर ८० रुपैयाँ पुर्याइएको छ ।
भोड्काबाहेक अन्य किसिमका मदिराअन्तरगत ४० युपी शक्तिको ३४.२३ प्रतिशत अल्कोहलको मात्रा भएको रक्सीको प्रतिलिटर ३५० रुपैयाँ अन्तःशुल्क कायम गरिएको छ । यसअघि यस्तो अन्तःशुल्क प्रतिलिटर ३२१ रुपैयाँ थियो ।
अन्य समूहको ५० युपी शक्तिको २८.५३ प्रतिशत अल्कोहलको मात्रा भएको रक्सीको प्रतिलिटर १४४ रुपैयाँ अन्तःशुल्क कायम गरिएको छ । यसअघि यो समूहमा अन्तशुलक प्रतिलिटर १३२ रुपैयाँ थियो ।
यस्तै ७० युपी शक्तिको १७.१२ प्रतिशत अल्कोहलको मात्रा भएको मदिराको अन्तशुल्क प्रतिलिटर २८ रुपैयाँ पुर्याइएको छ । यसअघि यसको अन्तशुल्क प्रतिलिटर २६ रुपैयाँ थियो ।
यिबाहेक अन्य मदिरामा भने अन्तशूल्क बढाइएको छैन ।
प्रतिक्रिया 4