+
+
Shares

कस्ता प्रतिनिधि चाहन्छन् विराटनगर महानगरका मतदाता ? (भिडियो रिपोर्ट)

ध्रुव भट्टरार्इ ध्रुव भट्टरार्इ
२०७४ जेठ १९ गते १३:२९

१९ जेठ, विराटनगर । १०० वर्षभन्दा लामो इतिहास बोकेको बिराटनगर शहर अहिले महानगरपालिका बनेको छ ।

करिब आधा दर्जन प्रधानमन्त्री जन्माएको यस शहरमा बिकासको गति भने अझैपनि सुस्त छ ।

बिराटनगरभन्दा पछि बनेका शहरहरुमा बिकासको गति तीव्र रहँदा विराटनगर भने पछि परिरहेको छ । विराटनगरको बिकासको गति कछुवाकै गतिमा छ, अहिलेपनि ।

२० बर्षपछि भएको स्थानीय चुनाव देशका आधाजसो स्थानमा सम्पन्न भइसकेको छ भने बाँकी स्थानमा असार १४ गते हुँदैछ । विराटनगर दोस्रो चरणमा परेको छ ।

विराटनगरमा अहिले चुनावी माहोल ब्यापक बनेको छ । उम्मेदवारका आकांक्षीदेखि सर्वसाधारण मतदातासमेतलाई अहिले चुनाव लागेको छ र मताधिकार सुरक्षित गर्न उनीहरु उत्साहित पनि छन् ।

राजनीतिक, आर्थिक हिसावले महत्वपूर्ण मानिने विराटनगर महानगरको नेतृत्व लिने जनप्रतिनिधि कस्तो हुनुपर्छ त ? हामीले महानगरका मतदातासँग यसबारे उनीहरुको प्रतिक्रिया लिने प्रयास गरेका छौं ।

यहाँका मतदाताले प्रायः सक्षम, युवा विकासप्रेमी र अनुशासित व्यक्ति विराटनगर महानगरपालिकाको उम्मेदवारको रुपमा आफूहरुले हेर्न चाहेको प्रतिक्रया दिएका छन् ।

करिव ३ लाख जनसंख्या रहेको विराटनगर महानगरपालिकामा १ लाख १५ हजार मात्रै मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?