Comments Add Comment

नवनिर्वाचित प्रधानमन्त्री देउवालाई मोदीले दिए बधाई

२३ जेठ, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले टेलिफोन गरेर बधाई दिएका हुन् । मोदीले देउवाको कार्यकालमा दुई देशको सम्वन्ध अझ प्रगाढ हुने विश्वास भारतले लिएको बताएका छन् ।

साथै उनले नेपालको शान्ति, विकास र स्थिरताका लागि सहयोग गर्न भारत तयार रहेको बताए ।

जवाफमा देउवाले नेपालको विकास र पूर्वाधार क्षेत्रमा भारतबाट विगतमा हुँदै आएको सहयोगले निरन्तरता पाउने अपेक्षा रहेको बताएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिक्देलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment