+
+

सपथ ग्रहणमा देखिएको देउवा र ओली ‘एकता’

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २४ गते १६:५५


२४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

मंगलबार व्यवस्थापिका संसदले कांग्रेस सभापति देउवा प्रधानमन्त्री निर्वाचित गरेपछि बधाई दिनु अघि नै ओली बाहिरिएका थिए । तर, बुधबार पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ ग्रहण समारोहमा उपस्थित भए र देउवालाई बधाई दिए ।

जब देउवाको सपथ ग्रहण सकियो, प्रमुख विपक्षी दलका नेता ओली बधाई दिन अघि बढे । त्यसक्रममा हात मिलाए लगतै देउवाले ओलीको हात समातेर माथि उठाए ।

दुबैले क्यामेरातिर हेरेर पोज पनि दिए, जसले राष्ट्रपति भवन शीतल निवासको प्रांगणमा रहेका सबैको ध्यान तान्यो । दुई नेताले केहीबेर हातमा हात मिलाएर एकताको सन्देश दिए ।

बधाई आदान प्रदान गरिरहँदा दुवै नेता उन्मुक्त हाँसोमा थिए । एमाले अध्यक्ष ओली आफ्नो सामुन्ने उभिनासाथ देउवाले उनको हात समाउँदै प्रसन्नता व्यक्त गरेका थिए ।

तस्वीर: कविन अधिकारी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?