Comments Add Comment

रुकुमको भुमेमा दाजुबहिनी फरफरक पार्टीका उमेदवार

२५ जेठ, रुकुम ।  दोस्रो चरण अन्तरगत असार १४ गते हुन लागेको स्थानीय तह चुनावमा रुकुमको भुमे गाउँपालिका वडा नम्वर ६ मा एउटै घरका दाजु बहिनि उम्मेदवार बनेका छन् ।

दाई हर्कप्रसाद सुनार एमालेबाट सदस्यमा र बहिनी लिला सुनार माओबादी केन्द्रबाट दलित महिला सदस्य उमेदवार बनेका हुन् ।

गाउँमा दाजु बहिनी नै समाजसेवी भएकाले कसलाई जिताउँदा गाउँको विकास होला भन्नेमा मतदाताहरु अलमल परेका छन् ।

एमालेका उमेदवार हर्क प्रसाद सुनार बन समूहको कोषाध्यक्ष र आधारभूत बिद्यालय डलिबाङको विधालय ब्यबस्थापन समितिको अध्यक्ष समेत हुन् ।

माओबादीका उमेदार लिला सुनारले पनि लामो समयसम्म स्वास्थ्य स्वयम सेविका, वन समूहको सचिव र वडा नागरिक मञ्चमा बरिष्ठ सदस्यमा रहेर सामाजिक क्षेत्रमा काम गदै आएकी छन् ।

दुबै दाजु बहिनि बिगत देखि नै समाज सेवामा रहेकाले कसले बाजि मार्छ भन्नेमा सवैले चासो राखेका छन् ।  चुनाव नजिकिए संगै दुबैले आफ्नो पार्टीको प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीब्रता दिएक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment