Comments Add Comment

रमेश रञ्जन झा एमालेमा फर्किए

२७ जेठ, काठमाडौं । सस्कृतिविद् रमेश रञ्जन झा नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले झालाई स्वागत गरे ।

झा केही वर्षअघि मात्र नेकपा माओवादी केन्द्रमा गएका थिए । उनी अहिले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा नाट्य विभागका प्रमुख पनि हुन् ।

पार्टी प्रवेश कार्यक्रममा झाले भने, ‘केही अनुभव बटुल्न गएको थिएँ । आज घर फर्किएको छु ।’

यस्तै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीको एउटा समूह पनि एमालेमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment