Comments Add Comment

नवनिर्वाचित जनप्रतिनिधिलाई एमालेको संकेत-पार्टीको कार्यकारी पदबाट राजीनामा दिन तयार रहनू


२९ जेठ, काठमाडौं । नेकपा एमालेले स्थानीय तहका प्रमुख उपप्रमुख र वडाअध्यक्ष जस्ता कार्यकारी पदमा जितेकाहरुले पार्टीको कार्यकारी पदबाट राजीनामा दिनुपर्ने नीति ल्याउने भएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई पार्टीको कार्यकारी पदबाट राजीनामा दिनुपरे तयार रहन निर्देशन दिएका छन् ।

प्रदेश नम्बर ३ बाट निर्वाचित महानगर,उपमहानगर र नगपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई प्रशिक्षण दिन सोमवार प्रदेश कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एक व्यक्ति एक पदको संकेत गरेका हुन् ।
महासचिव पोखरेलले भने, ‘जो-जो कमरेडहरु पार्टीको पनि कार्यकारी पदमा हुनुहुन्छ र अहिले स्थानीय तहको कार्यकारी पदमा निर्वाचित हुनुभएको छ, तपाईहरुले पार्टीको जिम्मेवारी अर्को कमरेडलाई सुम्पिएर जनताको काममा मात्र केन्दि्रत हुनुपनर्ेे अवस्था आउन सक्छ । पार्टीले निर्णय गरिसकेको छैन तर, तयार रहनुस् ।’

पार्टी र जनप्रतिनिधिको काम दुवैतिर समय दिन नसकिने र पार्टीको प्रमुख नै नगर वा गाउँपालिका प्रमुख हुँदा उसलाई नियन्त्रण र सन्तुलन गर्ने निकाय पनि नहुने भएकाले जनप्रतिनिधिलाई पार्टीको मुख्य पदबाट बिदा गर्ने एमाले नेताहरुले बताए ।

एमालेका जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र गाउँ तथा नगर कमिटीका धेरै पदाधिकारीहरु स्थानीय तहको प्रमुख उपप्रमुखमा निर्वाचित भएका छन् । अब उनीहरुलाई जनप्रतिनिधिको भूमिकामै बढि केन्दि्रत गर्न पार्टीको कार्यकारी जिम्मेवारीबाट मुक्त गर्ने गरी छलफल भइरहेको पोखरेलले बताए ।

एमाले भन्दैमा गलत गर्नेलाई संरक्षण हुँदैन

यसैबीच नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले अब आउने प्रदेश र केन्द्रीय संसदको चुनावमा एमालेले जित्ने गरि जनताको काम गर्न निर्देशन दिए । ‘तपाईहरुले जनताको मत जितेर चुनिनुभएको छ । अब काम गरेर जनताको मत एमालेतिर थप्नुपर्छ’ नेपालले भने ।

एमालेबाट निर्वाचित कुनै पनि जनप्रतिनिधिले भ्रष्टाचार, अनियमितता वा कानुन विपरित काम गरेमा पार्टीले संरक्षण नगर्ने नेपालले बताए । ‘राम्रो काम गर्नेको उच्च मूल्यांकन हुन्छ,अर्को पटक झन् माथिल्लो पदमा टिकट दिइनेछ,नराम्रो काम गर्नेलाई पार्टीले दण्डित गर्छ, एमाले भन्दैमा संरक्षण हुँदैन’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment