Comments Add Comment

एमालेले टुंग्यायो ५ नम्बर प्रदेशका सबै उम्मेदवार (सूचिसहित)

२९ जेठ, काठमाडौं । नेकपा एमालेले ५ नम्बर प्रदेश अन्तर्गत चार उपमहानगरपालिका सहित सबै स्थानीय तहका उम्मेदवार तय गरेको छ । एमाले केन्द्रीय प्रचार बिभाग प्रमुख योगेश भट्टराईले ५ नम्बर प्रदेशका सबै स्थानीय तहका उम्मेदवार टुंगो लागेको बताए ।

एमालेले पाँच नम्बर प्रदेशका सबै स्थानीय तहका उम्मेदवारहरु टुंगो लगाएर सार्बजनिक गर्दासमेत कांग्रेस र माओवादीले भने अझै सार्बजनिक गरेका छैनन् ।

एमालेले प्रदेशका ४ उपमहानगरपालिका मध्ये नेपालगन्जमा मुस्लिम र घोराहीमा थारुलाई मेयर उम्मेदवार बनाएर स्थानीय जनमतलाई आफ्नो पक्षमा पार्ने प्रयास गरेको छ । एमालेले नेपालगन्जको मेयरमा समसुद्धिन सिद्धिकीलाई खडा गरेको छ ।

२०५४ सालको निर्वाचनमा नेपालगन्जको उपमेयर जितेका सिद्धिकी नेपालगन्जका ठूला पार्टीबाट एकमात्र मुस्लिम उम्मेदवार हुन् ।

त्यस्तै दाङको घोराही उपमहानगरपालिकामा एमालेले नरुलाल चौधरीलाई मेयर उठाएको छ । चौधरी एमाले केन्द्रीय सदस्य हुन् । दाङकै तुलसीपुर उपमहानगरपालिकामा एमालेले घनश्याम पाण्डेलाई मेयरको उम्मेदवार बनाएको छ । पाण्डे तुलसीपुर नगरपालिकाको पूर्वमेयर हुन् ।

५ नम्बर प्रदेशकै सबैभन्दा रणनीतिक क्षेत्र मानिने बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेले जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई उठाएको छ भने दाङको तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा घनश्याम पाण्डे उठाएको छ । पाण्डे यसअघि तुल्सीपुरको उपमेयर थिए । उनी सामुदायिक वन अभियानका अगुवा हुन् ।

५ नम्बर प्रदेश बिभाजन विरुद्ध आन्दोलन गरेर संविधान संशोधन हुन रोकेको एमालेले यहि मुद्दालाई चुनावी नारा बनाएको छ । एमालेको अगुवाईमा बुटवलमा प्रदेश बिभाजन विरुद्ध आन्दोलन भएको थियो ।

५ नम्बर प्रदेशमा बहुमत ल्याउने गरी उम्मेदवार तय गरिएको एमालेका उपमहासचिव तथा प्रदेश संयोजक बिष्णु पौडेलले बताए । यो प्रदेशमा एमाले स्थायी कमिटीका एक तिहाई नेताहरु छन् । उपाध्यक्ष बामदेव गौतम, उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल यहि प्रदेशका हुन् ।

त्यस्तै सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, छबिलाल विश्वकर्मा लगायतका नेता पनि यहि प्रदेशका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment