Comments Add Comment

राजेश हमाल श्रीमतिसहित देखिए बिज्ञापनमा, यस्तो छ बुद्धिमान गृहिणीका लागि उनीहरुको सुझाव

काठमाण्डौ । नेपाली सिने उद्योगका महानायक राजेश हमाल पहिलोपटक श्रीमति मधु हमालसहित एक घरेलु प्रयोजनको बिज्ञापनमा देखिएका छन् ।

युनिलिभर नेपालले उत्पादन गरेको ह्वीलओके साबुनको टेलिभिजन बिज्ञापनमा देखिएका हमाल जोडीले कसरी राम्रो साबुन छनौट गरी बुद्धिमानी बन्ने भन्ने देखाएका छन् ।

यो नयाँ बिज्ञापनमा ह्वील ओके किन्नुमै किन बुद्धिमानी छ भन्ने प्रष्ट पारिएको छ ।

राजेश र मधुको जोडीले व्हीलओकेमा रहेको कागतीको शक्ति, कागतीको गज्जबको बास्ना, बोसो रहितको छाप र सम्पूर्ण जानकारी भएको लेबल प्रयोग गरिएको हुँदा यस्तो साबुन प्रयोग गर्नुमै बुद्धिमानी रहेको बताएका छन् ।

राजेशपत्नी मधुले पहिलोपटक कुनै उत्पादनको बिज्ञापनका लागि अभिनय गरेकी हुन् । आफुुलाई अभिनयमा रुची नभए पनि आफुजस्तै गृहिणीले प्रयोग गर्ने वस्तु भएकाले यसको प्रर्बद्धन गर्न आफु तयार भएको मधुले बताइन् ।

यसका लागि उनले राजेशसँग अभिनयको टिप्स पनि लिइन । ‘मेरा लागि युनिलिभरको बिशेष महत्व छ’ मधुले भनिन- ‘मैले राजेश हमाललाई पहिलोपटक लक्स ब्युटि कन्टेस्टमा भेटेँकी थिएँ जुन युनिलिभरकै उत्पादन थियो ।’ त्यसयता युनिलिभरका अन्य ब्रान्डसँग पनि आफु आबद्ध भएको उनले सुनाइन ।

हेर्नुहोस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment