Comments Add Comment

निर्वाचन आयोग भन्छ- दुई नम्बर प्रदेशमा चुनावको तयारी सकियो

प्रमुख दलले उम्मेदवार नतोक्दा वातावरण बनेन

३१ जेठ, काठमाडौं । सरकारले दोस्रो चरणका लागि तय गरेको निर्वाचनमध्ये प्रदेश नम्बर २ र ५ मा हुने निर्वाचन सार्ने चर्चा चलिरहेका बेला निर्वाचन आयोगले भने प्रदेश नम्बर ५ र २ को निर्वाचन तयारी झनै मजबुत रहेको बताएको छ ।

आयोगले अहिले सबै प्रदेशमा निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामाग्रीहरु पुर्‍याइसकेको बताएको छ । राजनीतिक वातावरण विगि्रएको प्रदेश नम्बर २ र ५ मा निर्वाचन तयारी झनै प्रभावकारी रहेको आयोगले बताएको हो ।

अनलाइनखबरसँग कुरा गर्दै आयुक्त नरेन्द्र दाहालले केही पहाडी जिल्लामा थोरै मात्रामा निर्वाचन सामग्री ढुवानी गर्न बाँकी भए पनि प्रदेश नम्बर २ र ५ भने सबै सामाग्री पुर्‍याइसकेको जानकारी दिए । उनले ती दुई प्रदेशमा मतपत्र, मतपेटिका, मतदान स्थलमा चाहिने सबै मसलन्द सामाग्रीहरु समेत पठाइसकेको बताए ।

आयोगका अनुसार दुई नम्बर र ५ नम्बर प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी चुनावप्रति नागरिक उत्साहित रहेको पाइएको छ । ‘निर्वाचन तथा मतदाता शिक्षामा पनि जनता बढी सक्रिय छन्, यस्तो अवस्थामा अहिले आएर निर्वाचन नगराउनुको विकल्प हुँदैन,’ आयुक्त दाहालले बताए ।

यसैवीच दुई नम्बर प्रदेशमा प्रमुख दलले आफ्ना उम्मेदवार घोषणा नगर्दा चुनावको माहौल नबनेको स्थानीय सरकारी अधिकारीहरुको गुनासो छ । ठूला पार्टीले अहिलेसम्म उम्मेदवार सार्वजनिक गरेर प्रचार-प्रसार गर्न थालेका छैनन्, जसले गर्दा २ नम्बर प्रदेशमा चुनावका लागि माहौल बनिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment