Comments Add Comment

व्यासलाई सम्वृद्ध नगरपालिकाको रुपमा विकास गर्न सुझाव

३ असार, काठमाडौं । व्यास नगरपालिकालाई स्रोत साधन सम्पन्न र समृद्ध नगरपालिका निर्माण गर्न वौद्धिक वर्गले सुझाव दिएका छन् ।

एकाउन्टबिलिटी इनिसेटिभ नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा व्यासको जन्मभूमि, भानुभक्तको क्षेत्र र पुरानो तनहुँसुर दरबार रहेको क्षेत्रलाई सम्वृद्ध नगरपालिकाको क्षेत्रको रुपमा विकास गर्न सुझाव दिएका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अमरराज कैनीले व्यास नगरपालिकाको निर्माणका लागि २० वर्ष पछिको दीर्घकालीन योजना अगाडि सारेर अगाडि बढ्न नवनिर्वाचित नगरप्रमुखलाई सुझाव दिए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले नगरप्रमुखले निर्वाचनको बेलामा जनतासमक्ष गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्नु नै अहिलेको मुख्य दायित्व भएको बताए । उनले कृषि, पर्यटनको विकास गरेमात्र नगरको विकास हुने विचार व्यक्त गरे ।

व्यास नगरपालिकाका नवनिर्वाचित प्रमुख वैकुण्ठ न्यौपानेले जनताका असीमित आकांक्षालाई पुरा गराउन वौद्धिक वर्गको सुझाव आवश्यक रहेको भन्दै वौद्धिक वर्गको सुझावलाई शिरोधार्य गरेर आफ्ना कार्यक्रमलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा इनिसेटिभका अध्यक्ष डा शेषरमण न्यौपाने, प्राध्यापक डाक्टर प्रभा कैनी, प्राध्यापक उषा पोखरेल, वरिष्ठ पत्रकार कृष्ण केसी, राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत, पत्रकार त्रिभुवनचन्द्र वाग्ले, कानुनविद् अतराज न्यौपाने, नेविसङ्घका नेता उत्तम मिश्रलगायतले व्यासलाई नमूना र बस्नलायक नगरपालिकाको रुपमा विकास गर्न भानू क्याम्पसलाई विश्वविद्यालयको रुपमा विकास गर्र्नुपर्ने, सुरक्षा व्यवस्थालाई बलियो बनाउनुपर्ने, मोटरबाटो, खानेपानी, प्रत्येक वडामा पुस्तकालयको विकास गर्नुपर्नेलगायतका समस्यालाई समाधान गर्नुपर्ने सुझाव दिए ।

तनहुँको सदरमुकामस्थित रहेको व्यास नगरपालिकामा हाल १४ वडा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment