Comments Add Comment

विप्लव समूहद्वारा कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण

४ असार, ताप्लेजुङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ताप्लेजुङमा नेपाली कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण गरेका छन् ।

फताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पतङ्वा लिम्बु अपहरणमा परेका हुन् । विप्लवका कार्यकर्ताले उनलाई घरबाटै अपहरण गरेको परिवारका सदस्यहरुले बताएका छन् ।

मनकुमारका काका विप्लव समूहका नेता हुन् । काका बहिस्कार गर्ने, भतिज चुनावमा उठेर हुन्छ भन्दै उनलाई अपहरण गरेको बताइएको छ । अपहरणमा संलग्नहरुको खोजी भइरहेको छ ।

यो बाहेक शान्तिपूर्ण ढंगले आइतबार मनोनयन दर्ता कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत अशोकुकमार बस्नेतले फुङ्लिङ नगरपालिका सहित अरु ८ वटै गाउँपालिकामा शान्तिपूर्ण ढंगले मनोनयन दर्ता कार्य जारी रहेको जानकारी दिए ।

उनका अनुसार फुङ्लिङ नगरपालिकामा बिहान १० बजे देखि मात्र मनोनयन दर्ता सुरु भएको थियो भने अन्य गाउँपालिकाका भने बिहान ८ः १५ बजेबाट दर्ता सुरु भएको हो ।

नगरपालिकाको मेयर पदमा अहिलेसम्म एमालेका छत्रपति प्याकुरेल र स्वतन्त्र उम्मेदवार छबिन्द्र गुरुङले मनोनयन दर्ता गरि सकेका छन् । उपमेयर पदमा एमालेका बिमला सुब्बाको उम्मेदवारी दर्ता भएको छ । बिहान १० बजे देखि पहिलो दर्ता गर्ने समय एमालेलाइ दिएको थियो ।

एमालेको दर्ता सकिए लगत्तै नेपाली काँग्रेस र त्यसपछि माओवादी केन्द्र हुदै क्रमश राप्रपा र नयाँशक्ति, संघीय समाजवादी फोरम नेपाल, संघीय लिम्बूवान मञ्च र राष्ट्रिय जनमुक्ति पाटीका उम्मेदवारलाई मनोनयन दर्ताको समय दिइएको छ ।

सिरीजङ्घा गाउँपालिकामा बिहान सभा ८ बजे काँग्रेसका टिकाराम गुरुङ र याङ्वरक गाउँपालिकामा सभा ९ बजे एमालेका केशरकुमार मेन्याङ्वोले उम्मेदवारी दर्ता गरेको र अन्यको दर्ता कार्य जारी रहेको समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फुङ्लिङ नगरपालिकामा ५७ पदका लागि, सिरीजङ्घामा ४२, सिदिङ्वा गाउँपालिकामा ३७, याङ्वरकमा ३२, मिक्वाखोलामा २७, मैवाखोला र मेरिङ्देनमा ३२, फक्ताङ्लुङमा ३७ र आठराइ त्रिवेणीमा २७ पद गरी कुल ३ सय २३ पदका लागि उम्मेदवारी दर्ता सुरु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment