Comments Add Comment

साहरुखले हल कब्जा गर्दा ‘भूइमान्छे’ पछि सर्‍यो


राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ अभिनित चलचित्र ‘भुइमान्छे’ को प्रर्दशन मिति २ साता पछि धकेलिएको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरेको चलचित्रको निर्माणपक्षले उक्त मितिमा हल नपाउने भएपछि प्रदर्शन मिति सारेको हो ।

बलिउड सुपरस्टार नायक साहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ले साउन २० गतेलाई प्रर्दशन मिति तोकेपछि ‘भूइमान्छे’को प्रर्दशन मिति फेरबदल गर्नुपरेको निर्देशक नवराज बुढाथोकीले बताए ।

त्यस लगत्तै अक्षय कुमार अभिनित चलचित्र ‘ट्वाईलेट एक प्रेम कथा’ प्रर्दशनमा आउने भएकाले चलचित्र वितरकको सल्लाहामा प्रर्दशन मिति २ साता पछि सारिएको बुढाथोकीको भनाई छ । बलिउड स्टार अभिनित चलचित्र प्रर्दशनमा आएपछि नेपाली चलचित्रले हल पाउनै मुश्किल रहेकाले बाध्यतावश चलचित्रको प्रर्दशन मिति सारिएको निर्देशक बुढाथोकीले बताएका छन् ।

पोस्टमार्टम गर्ने व्यक्तिको कथामा केन्दि्रत यो चलचित्रमा रमेश बुढाथोकी, सहिन प्रजापति, बादल भट्टलगायत शैली थिएटरका कलाकारको अभिनय छ । लामो समयदेखि नाटक निर्देशन गर्दै आएका बुढाथोकीले यस अघि चलचित्र ‘वनफूल’ निर्देशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment