Comments Add Comment

सुदूरपश्चिम सेवा समाज मलेसियाको चौथो अधिवेशन सम्पन्न


१९ जून, मलेसिया ।  ‘अनेकतामा एकता, जैविक विविधतामा समुन्नता,  सुन्दर सुदूरपश्चिम हाम्रो प्रतिबद्धता’ भन्ने मुलनाराको साथ सुदूर पश्चिम सेवा समाज मलेसियाको चौथो अधिवेशन क्वालालम्पुरमा सम्पन्न भएको छ ।

चौथो अधिवेशनलेे दुग्धेश्वर पाण्डे (देव) को अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

यस अघि अधिवेशनको उदघाटन गर्दै मलेसियाका लागि नेपाली राजदुत डा.निरन्जनमान सिंह बस्न्यातले सुदूरपश्चिम सेवा समाजले गरेको समाजिक कार्यहरुको प्रशंसा गरे ।

उनले सुदूरपश्चिमको पर्यटकीय क्षेत्रहरुलाई अन्तराष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा पहिचान गराउन सके नेपाललाई पर्यटन व्यवसायमा अझै अगाडि बढाउन सकिने धारणा व्यक्त गरे ।

समाजका अध्यक्ष प्रकाशदेव भट्टको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका केन्द्रीय सदस्य एवं विधान समितिका सदस्य ज्ञानेन्ऽबहादुर सिंह, पूर्व अध्यक्ष तथा सल्लाहकार टेकबहादुर बुढा, समाजका कोषाध्यक्ष गोकर्ण भट्ट लगायतकाले संस्थाको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रमको लागि नेपालबाट आएका देउडाका चर्चित गायक नन्दकृष्ण जोशी र गायक टंकतिमिल्सनालेे आफ्ना चर्चित गीतहरु गाएर सबैलाई नचाएका थिए ।

कार्यक्रमको संचालन समाजका केन्द्रीय सदस्य गणेश अधिकारी र समाजका सचिव परिदत्त अवस्थीले गरेका थिए ।

अधिवेशनकै अवसरमा राजदुतडा. बस्न्यात कदरपत्रले सम्मान गरिएको छ । दुई देशवीचको कुटनैतिक सम्बन्धलाई प्रगाढ बनाउँदै मलेसियामा रहेका आप्रवासी नेपाली र श्रमिकहरुको हक, हित र सुरक्षाका लागि अतुलनीय कदम चालेको भन्दै सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment