६ असार, नेपालगञ्ज । सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ नेकपा माओवादी केन्द्रको चुनाव प्रचारमा सहभागी भएको भेटिएको छ ।
सोमबार दिउँसो नेपालगञ्जमा प्रदेश नम्बर ५ का केही जिल्लाहरुको सुरक्षा गोष्ठी राखिएको थियो । सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री शर्मा माओवादी केन्द्रको चुनावी कार्यक्रममा पनि सहभागी भएको भेटिएको छ ।
गृहमन्त्री शर्माले राति १० बजे खजुरा गाउँपालिकाको रनियाँपुरमा माओवादीको चुनावी सभालाई सम्बोधन गरेका छन् । माओवादी केन्द्रका जिल्ला ईञ्चार्ज आईपी खरेलले गृहमन्त्रीले चुनावी सभालाई सम्बोधन गरेको पुष्टि गरे ।
उनले भने–‘हिजो रनियाँपुरको सभालाई सम्बोधन गर्नुभयो । आज बिहान बैजनाथ गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भएर गृहमन्त्रीज्यू धनगढीतर्फ लाग्नुभयो ।’
निर्वाचन आचारसंहिताविपरीत चुनावी सभामा हिँडेको भन्दै विरोध भएपछि गृहमन्त्री शर्माले केही मिनेटमै मञ्च छाडेर हिँडेको स्थानीयले बताएका छन् ।
तस्वीरः तुलसीमणि केसी
प्रतिक्रिया 4