Comments Add Comment

दाजु कांग्रेसबाट वडा अध्यक्ष, भाइ एमालेबाट मेयरको चुनाव लड्दै

६ असार नेपालगञ्ज । स्थानीय तह निर्वाचनमा एकै घरका दाजुभाइ फरक पार्टीबाट उम्मदवार भएका छन् ।

नेकपा एमालेबाट मेयरका उम्मेदवार भएका समशुद्दिन सिद्धिकीका सहोदर दाजु मुन्ना उपनामका निजामुद्दिन सिद्दिकी नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार भएका हुन् ।

२०५४ सालको स्थानीय निर्वाचनमा समशुद्दिनले एमालेबाट उप- मेयरमा विजयी हुँदा दाजु निजामुद्दिन कांग्रेसबाट वडा नं. ११ का वडाध्यक्षमा चुनिएका थिए ।

२० वर्षपछि हुन लागेको चुनावमा दाजु निजामुद्दिन वडा नं. ९ को अध्यक्षमा उम्मेदवार भएका छन् । समशुद्दिन भने एमालेबाट मेयरको उम्मरदवार भएका छन् ।

कमरुद्दिन र यादव नै अधिकारिक उम्मेदवार

यसैबीच संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बाँकेमा रहेको उम्मेदवार आधिकारिकताको विबाद टुंगिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेपालगन्जको मेयरको लागि कमरुदिन राई नै आधिकारिक भएको र उप-मेयरमा राईकै प्यानलबाट उम्मेदवारी दर्ता गराएकी शोभादेवी लखेरको पक्षमा निर्णय गरेको छ ।

यसअघि नयाँ शक्तिको तर्फबाट जयकुमारी खड्काले मेयर र संघीय समाजबादी फोरम नेपालको तर्फबाट ममता बानियाले आफुहरु आधिकारिक भएको भन्दै आइतबार बिहानै उम्मेदवारी दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment