Comments Add Comment

इलाम पुगेर झलनाथले भने– चुनावपछि देश एमालेले हाक्छ

माघसम्ममा तीनवटै निर्वाचन सक्न आग्रह

७ असार, इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आगामी माघ महिना सम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गर्दै उनले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ फड्को मार्ने र त्यसको नेतृत्व एमालेले नै गर्ने बताए ।

‘निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासतर्फ उन्मुख हुन्छ’, नेता खनालले भने, ‘आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक छ ।’ पहिलो चरणको निर्वाचनको नतिजाले एमालेकै जितको सुनिश्चितता गरेको बताउँदै उनले समग्र देशको विकासका लागि एमालेलाई मतदाताले भोट दिनेमा आफू विश्वस्त रहेको विचार व्यक्त गरे ।

जिल्लाको विकास निर्माणमा आफूले स्थानीय तहदेखि केन्द्रसम्म पहल र प्रयास गरेको विचार व्यक्त गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि आर्थिक समृद्धि आवश्यक रहेको उल्लेख गरे ।

हत्या, हिंसा र आन्दोलनको युग समाप्त भएर अब मुलुक नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै अब आर्थिक समृद्धितर्फ अघि बढ्न इलामबाटै अभियान सुरुवात गर्नुपर्ने बताए ।

पर्यटनको अनेकौं सम्भावना बोकेको पूर्वको यस जिल्लालाई देशकै नमूना बनाउन नेकपा (एमाले) ले पहल थालेको समेत उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment