Comments Add Comment

यी व्युटी अप्लाइन्स, जसले घरमै हेयर डिजाइनदेखि कर्लिङसम्म गर्न सकिन्छ

वाक्सिङ, हेयर स्ट्रेटनिंग, कर्लिङ, थ्रेडिङ, पेडिक्योर, मसाज आदिका लागि अक्सर महिलाले पार्लर धाउनुपर्छ । तर, अहिले बजारमा केहि यस्ता व्यूटी तथा स्किन केयर अप्लाइन्स उपलब्ध छ, जसले सबै काम घरमै सजिलो ढंगले गर्न सकिन्छ ।

१. प्रोफेसनल हेयर ड्राय

हेयर ड्रयार अहिले अधिकतम युवतीको आवश्यक्ता बनेको छ । केसलाई सुकाउनदेखि सेट गर्न तथा स्टाइलिस लुक दिन यसको काम आउँछ ।

२. सेन्सेटिम टच इलेक्ट्रिक ट्रिमर फर वुमन

आइब्रो सेट गर्न, लिप्स वा अपर हेड क्लिन गर्नका लागि अक्सर महिला पार्लर धाउनु पर्छ । तर, सधै पार्लर धाउने फुर्सद हुँदैन । यस्तोमा सेन्सेटिभ टच इलेक्ट्रिक ट्रिमर उपयोगी हुनसक्छ ।

३. हेयर स्टाइलर

फरक हेयर स्टाइलका लागि हाई पर्फमर हेयर स्टाइलर पनि उपयोगी हुनसक्छ । यो काइयोको स्टाइलको स्टाइलर हो । यसमा एकै समयमा केसलाई ड्राई, टैगल फ्री गर्न र मनलाग्दो डिजाइन दिन सकिन्छ ।

४. फेस क्लिनजर

छालाको रोम छिद्रको सफाई गर्नका लागि यो फेस क्लिनर उपयोगी हुन सक्छ । यसले छालाको बन्द रोमछिद्र खुलाउन मद्दत गर्छ । साथै त्यसभित्रको फोहोर मैला पनि हटाउँछ ।

५. हेयर कर्लिङ आइरन

कुनै पार्टी, समारोहमा केसलाई फरक लुक्स दिनका लागि हेयर कर्लिङ आइरन काम लाग्न सक्छ । घरमा नै केसलाई कर्ल गर्न यसको उपयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment