Comments Add Comment

अर्घाखाँचीमा निर्वाचनको तयारी पूरा

१३ असार, अर्घाखाँची । अर्घाखाँची जिल्लामा निर्वाचनको तयारी पूरा भएको छ । २० बर्ष पछि हुन लागेको स्थानीय तहको चुनावमा मतदाताहरू मत हाल्न उत्साहित छन् ।

अर्घाखाँची जिल्लामा आईतबार, सोमबार र मङ्गलबार बितरण गरिएको मतदाता परिचय पत्र ८५ प्रतिशतले लिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा ९३ मतदान स्थल, १७६ मतदान केन्ऽबाट अर्घाखाँची बासीले मतदान गर्न परिचय पत्र लिई तयार भएका छन् ।

मतदानको क्रममा बषर्ा भएमा अर्घाखाँची जिल्लामा विद्यालयका कोठाभित्र मतदान गर्ने गरी तयार गरेको पाणिनि गाउँपालिका ६ धातिवाङ्गका मतदान अधिकृत जनकराम बस्यालले बताए ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बषर्ा भएमा विद्यालयका कोठाहरू प्रयोग गरी मतदान गर्ने वातावरण बनाउन निर्देशन दिएको सितगंगा नगरपालिका १२ गौरा माविका मतदान अधिकृत नन्दलाल पाण्डेले बताए ।

अर्घाखाँची जिल्लामा १ लाख २६ हजार ६ सय ९९ जना मतदाता रहेका छन । सन्धिखर्क नगरपालिकामा २४ हजार ६ सय ४२ मध्ये ११ हजार ५ सय ४५ पुरूष र १३ हजार ९७ महिला रहेका छन् ।

सितगंगा नगरपालिकामा १२ हजार ४ सय १४ पुरूष, १२ हजार ७ सय ८७ महिला, भुमिकाथानमा ९ हजार ८ सय ८४ पुरूष र ११ हजार २ सय ३२ महिला मतदाता छन् ।

पाणिनी गाउँपालिकामा ८ हजार ७ सय ६५ पुरूष, ९ हजार ५ सय ४३ महिला, मालारानिमा ८ हजार ८ सय ५५ पुरूष, ९ हजार ८ सय ३२ महिला मतदाता छन् ।

छत्रदेव गाउँपालिकामा ८ हजार ८ सय ३० पुरूष र ९ हजार ९ सय ३० महिला रहेका छन् ।

जिल्लाभरमा पुरुषको तुलनामा ५ हजार ७ सय ११ जना महिला मतदाता बढी छन् ।

अर्घाखाँची जिल्लामा ३ सय ३२ पदका लागि ११ सय ३५ जना उम्मेदवारहरू चुनावी मैदानमा छन ।

अर्घाखाँची जिल्लामा मौसमले साथ दिएमा ७५ प्रतिशत मत खस्ने अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत महेश पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment