१४ असार, काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित कुत्कुते डाँडा गाउँमा बुधबार बिहान दुई घर पहिरोले बगाउँदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये ३ जना एकै परिवारका हुन् ।
बिहान करिव १ः३० बजे पहिरो जाँदा मंगले थामीकी श्रीमती शान्ति थामी, छोरीहरु रोशनी थामी र सन्तोषी थामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
मंगले थामी भने पहिलो जाने बेला शौचालय गएका कारण बाँच्न सफल भएका छन् ।
पहिरोले ७० वर्षीया लाटी थामी पनि बेपत्ता भएकी छन् ।
पहिरोको सूचना पाएसँगै दोलखाबाट प्रहरी टोली घटनास्थलतर्फ पुगेको छ । बस्ती माथिबाट ठुलो पहिरो खसेको र घरसमेत बगाएका कारण बेपत्ता भएकाहरु जिवितै फेला पर्न सक्ने सम्भावना कम रहेकाे प्रहरीले जनाएको छ ।
पहिरोका कारण कुत्कुते डाँडागाउँ बस्तीका करिव १५ घरपरिवार उच्च जोखिममा रहेको र उनीहरुलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको छ ।