+
+

दाङमा एमालेले खाता खोल्यो, दंगीशरण-१ मा प्यानल नै विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १५ गते १५:४७

१५ असार, दाङ । दाङको दंगीशरण गाउँपालिका वडानम्बर १ को अध्यक्षमा एमालेका श्रीप्रसाद चौधरीको प्यानल नै विजयी भएको छ ।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका युवराज खड्कालाई १ सय १९ मत अन्तरले पछि पार्दै चौधरी विजयी भएका हुन् ।

विजयी चौधरीले ३ सय ९७ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक र सदस्यहरुमा उमेश चौधरी र जानकी चौधरी विजयी भएका छन् ।

कुल मतदाता १ हजार ५ सय ९५ रहेको यस वडामा १ हजार १ सय ३० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?