Comments Add Comment

रुपन्देहीको मर्चवारी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

१९ असार, रुपन्देही । रुपन्देहीको मर्चवारी गाउपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा केशवनन्द बानियाँ ३४०५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानप्रसाद मिश्राले २१६६ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा सुनिता कलवारले २०५४ मत प्राप्त गरी विजयी भएकी छिन् ।

उनको निकटतम प्रतिद्वन्द्वी सिरीकान्ती बराईले १८३९ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment